सोमबार, आश्विन २६,२०८३ 09:28:22
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:28:22
Bizshala
Global IME Bank Limited

राइड सेयरिङ व्यवसायमा करको दायरा कडा, सेवा प्रदायक र चालकलाई प्यान अनिवार्य

Bizshala
राइड सेयरिङ व्यवसायमा करको दायरा कडा, सेवा प्रदायक र चालकलाई प्यान अनिवार्य
New Office

काठमाण्डौ । राइड सेयरिङ सेवामा आबद्ध चालक तथा सेवा प्रदायकले अब अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएर मात्रै सेवा दिनुपर्ने भएको छ ।  

आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध राइडर तथा सेवा प्रदायक कम्पनीलाई अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिएर मात्रै कारोबार गर्न निर्देशन दिएको छ ।  

विभागले बुधबार सूचना जारी गर्दै आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ अनुसार करयोग्य आय आर्जन गर्ने, विभागले प्यान लिनुपर्ने भनी तोकेका वा भुक्तानीमा कर कट्टी गर्नुपर्ने सबै व्यक्तिले कारोबार सुरु गर्नुअघि नै स्थायी लेखा नम्बर लिनुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सोही व्यवस्थाअनुसार नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ सेवा प्रदायक (राइड सेयरिङ अपरेटर) का प्लेटफर्ममा आबद्ध भई सेवा प्रदान गर्ने सबै व्यक्तिले अनिवार्य रूपमा प्यान लिएर मात्रै सेवा सञ्चालन गर्न विभागले आग्रह गरेको छ।

विभागले सम्बन्धित सबै सेवा प्रदायक तथा सरोकारवालालाई कानुनी व्यवस्था पालना गरी प्यान लिएपछि मात्रै कारोबार गर्न तथा गराउन पनि अनुरोध गरेको छ।

सरकारले नयाँ आर्थिक वर्षदेखि राइड सेयरिङ सेवामा विभिन्न करसम्बन्धी नयाँ व्यवस्था लागू गरेसँगै आन्तरिक राजस्व विभागले यो सूचना जारी गरेको हो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सरकारले आर्थिक वर्ष २०८३\८४ को बजेटसम्बन्धी आर्थिक विधेयकमार्फत राइड सेयरिङ सेवामा ५ प्रतिशत सेवा शुल्क थप्ने तयारी गरेको छ । यो व्यवस्था नयाँ आर्थिक वर्षको सुरुदेखि नै लागू हुनेछ ।  

राइड सेयरिङ सेवा प्रदायकलाई करको दायरामा ल्याउन आन्तरिक राजश्व विभागले चालक र सेवा प्रदायकलाई अनिवार्य रुपमा प्यान नम्बर लिएर मात्रै सेवा दिन निर्देशन दिएको हो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.