सोमबार, श्रावण ४,२०८३ 02:38:34
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 02:38:34
Bizshala
Global IME Bank Limited

पहिलेभन्दा धेरै युवा विदेशिँदा पनि अहिले सबै चुप छन् : ओली

पहिलेभन्दा धेरै युवा विदेशिँदा पनि अहिले सबै चुप छन् : ओली
New Office

 

काठमाण्डौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो वर्षको तुलनामा अहिले धेरै युवा विदेशिएको भए पनि यस विषयमा कसैले आवाज नउठाएको टिप्पणी गरेका छन्।

आइतबार एमालेका सांसदहरूका लागि आयोजित कार्यक्रममा बोल्दै ओलीले विगतमा युवा विदेशिएको विषयलाई ठूलो मुद्दा बनाइए पनि अहिले त्योभन्दा बढी युवा बाहिरिँदा मौनता देखिएको बताए।

‘मान्छे विदेश गए, विदेश पठाइए भनेर पोहोर साल यतिबेला खपिनसक्नु हल्ला गरिएको थियो,’ ओलीले भने, ‘तर पोहोरको यही अवधिभन्दा अहिले धेरै मानिस विदेश गएका छन्। अहिलेचाहिँ सबै चुपचाप छन्।’

अहिले वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जानुलाई युवाको अधिकारका रूपमा व्याख्या गर्न थालिएको भन्दै उनले एउटै विषयलाई समय र स्वार्थअनुसार फरक ढंगले प्रस्तुत गरिएको आरोप लगाए।

‘पोहोर यही कुरा अस्वाभाविक भनियो, अहिले स्वाभाविक भनिँदै छ,’ ओलीले भने, ‘कुरो र कुलो जता पनि जान्छ भनेजस्तै जनताको हितविपरीत विषयलाई बङ्ग्याएर आफ्नो संकीर्ण स्वार्थमा प्रयोग गरिएको छ।’

बङ्ग्याइएका विषयलाई सच्याउँदै सही सूचना जनतासम्म पुर्‍याउने प्रमुख थलो संसद् भएको उनले बताए।

ओलीले कानुन निर्माण गर्न आवश्यक बहुमत आफ्नो दलसँग नभए पनि जनताको पक्षमा आवाज उठाउन र जनहितका विषय संसद्‌मा प्रभावकारी रूपमा प्रस्तुत गर्न एमाले सांसदहरूलाई निर्देशन दिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.