आईतवार, आश्विन १८,२०८३ 08:51:13
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 08:51:13
Bizshala
Global IME Bank Limited

डीडीसीको चेतावनी : साउनभित्र नवीकरण नगर्ने सहकारी र फार्मको दूध नकिन्ने

Bizshala
डीडीसीको चेतावनी : साउनभित्र नवीकरण नगर्ने सहकारी र फार्मको दूध नकिन्ने
New Office

 

काठमाण्डौ ।  दुग्ध विकास संस्थान (डीडीसी) ले दूध आपूर्ति गर्दै आएका सहकारी संस्था तथा निजी फार्मलाई साउन मसान्तभित्र अनिवार्य रूपमा सम्पर्क गरी कारोबार नवीकरण गर्न निर्देशन दिएको छ।

तोकिएको समयभित्र सम्पर्कमा नआउने सहकारी तथा फार्मबाट दूध खरिद गर्न संस्थान बाध्य नहुने डीडीसीले स्पष्ट पारेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ देखि दूध संकलन प्रणालीलाई प्रविधिमैत्री, अनुमानयोग्य, दिगो र व्यवस्थित बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको संस्थानले जनाएको छ।

डीडीसीसँग दूध कारोबार निरन्तर राख्न चाहने दुग्ध उत्पादक सहकारी संस्था र निजी फार्मले आफूलाई पायक पर्ने जिल्ला आयोजना कार्यालय वा चिस्यान केन्द्रमा सम्पर्क गरी नवीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

डीडीसीको सूचनामा भनिएको छ, ‘२०८३ साउन मसान्तसम्म सम्पर्कमा नआउने संस्था तथा फार्मसँग दूध कारोबार गर्न संस्थान बाध्य नहुने बेहोरा जानकारी गराइन्छ।’

यस व्यवस्थाअनुसार साउन मसान्तभित्र सम्पर्क तथा नवीकरण नगर्ने सहकारी वा निजी फार्मको दूध संकलन डीडीसीले रोक्न सक्नेछ।

सरकारी स्वामित्वको डीडीसीले विगत ५७ वर्षदेखि देशका विभिन्न स्थानमा रहेका सहकारी, निजी फार्म तथा किसानबाट दूध संकलन गरी दुग्धजन्य वस्तु उत्पादन र बिक्री गर्दै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.