सोमबार, श्रावण ११,२०८३ 01:00:05
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 01:00:05
Bizshala
Global IME Bank Limited

नागढुंगा सुरुङमार्ग क्षेत्रमा स्थानीयको विरोध प्रदर्शन

आकाशेपुल, सडकपेटी, रोजगारी र ट्राफिक व्यवस्थापन तत्काल गर्न माग

नागढुंगा सुरुङमार्ग क्षेत्रमा स्थानीयको विरोध प्रदर्शन
New Office

 

काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटनको  भइरहेका बेला आयोजना प्रभावित स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्।

सोमबार बिहानैदेखि नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको आह्वानमा सयौँ स्थानीय बासिन्दा कालो झण्डा, प्लेकार्ड र ब्यानरसहित उद्घाटनस्थल आसपासमा प्रदर्शनमा उत्रिएका हुन्।

स्थानीयले सुरुङमार्ग सञ्चालनमा आउँदा त्यस क्षेत्रको सवारी चाप र दुर्घटनाको जोखिम बढ्ने भन्दै आवश्यक भौतिक पूर्वाधार तथा सुरक्षा व्यवस्था तत्काल पूरा गर्न माग गरेका छन्।

संघर्ष समितिले सुरुङमार्ग क्षेत्रमा आकाशेपुल शीघ्र निर्माण गर्नुपर्ने, सडकपेटी फराकिलो बनाउनुपर्ने तथा जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ।

त्यस्तै, सुरुङमार्ग निर्माणबाट प्रभावित स्थानीय बासिन्दालाई आयोजनामा रोजगारी सुनिश्चित गर्नुपर्ने र निर्माणाधीन फ्लाईओभरको नाम ‘किसिपिडी फ्लाईओभर’ कायम गर्नुपर्ने समितिको माग छ।

स्थानीयले आफ्ना माग सम्बोधन नगरी सुरुङमार्ग उद्घाटन र सञ्चालन प्रक्रिया अगाडि बढाइएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले आयोजनाको लाभसँगै स्थानीयले भोग्नुपर्ने समस्या र जोखिमप्रति सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन्।

स्थानीयको विरोध प्रदर्शनकै बीच सुरुङमार्ग उद्घाटन भने भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.