मंगलवार, श्रावण १२,२०८३ 06:07:23
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 06:07:23
Bizshala
Global IME Bank Limited

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, राजमार्ग आसपास र इनरुवा बजार पूर्ण नियन्त्रणमा

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, राजमार्ग आसपास र इनरुवा बजार पूर्ण नियन्त्रणमा
New Office

 

काठमाण्डौ । कप्तानगञ्ज घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्र र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

स्थिति थप बिग्रन सक्ने जोखिम देखिएपछि शान्ति–सुरक्षा कायम गर्न मंगलबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ।

कर्फ्यु पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेज पुलसम्मको क्षेत्रमा लागू हुनेछ। त्यसैगरी महेन्द्र राजमार्गको उत्तर र दक्षिणतर्फ २०० मिटर क्षेत्र तथा सम्पूर्ण इनरुवा बजारलाई कर्फ्यु क्षेत्र घोषणा गरिएको छ।

कर्फ्यु लागू भएको अवधिभर तोकिएको क्षेत्रमा हिँडडुल तथा आवतजावत गर्न रोक लगाइएको छ। कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्नसमेत पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, संयमित रहन र जिल्लाको शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

कप्तानगञ्ज 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.