आईतवार, भाद्र २३,२०८१ 06:20:47
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:20:47
IME remit
Global IME Bank Limited

प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने

Hyundai Nepal
प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकको निर्णय बमोजिम कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  

उक्त सभा तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा आयोजना हुनेछ। सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा बीमा प्राधिकरणले तोके बमोजिम चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोहि बमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतीपश्चात सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई  पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।    

यस्तै सञ्चालकमा समितिको संरचना परिवर्तन गरी १ जना महिला सञ्चालक र एक जना स्वतन्त्र सञ्चालकसहित जम्मा ७ जनाको सञ्चालक समिति गठन गर्ने र सोहि बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको २०७५ जेठ १० गते सम्पन्न विशेष साधारण सभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मका लागि पदावधि थप गर्ने तथा मिजास भट्टचनलाई सञ्चालक नियुक्ती गर्ने बारे सञ्चालक समितिको निर्णलाई अनुमोदन गरिनुका साथै सञ्चालक समितिका सदस्यहरुको पत्ररपत्रिका तथा सञ्चार खर्च वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा संस्थापक सेयरधनी समूह‘क’बाट २ जना, समूह ‘ख’बाट १ जना९कर्मचारी सञ्चय कोषबाट मनोनित० र साधारण समूह ‘ग’बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ को निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।    

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९र८० को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले गत वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य  हुनेछन्।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X