बिहीबार, कार्तिक १२,२०८३ 05:42:33
  • बिहीबार, कार्तिक १२,२०८३ 05:42:33
Global IME Bank Limited

गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण

Bizshala
गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
New Office

काठमाण्डौ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख भट्टले साउन ८ गते सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको उक्त विधेयक प्रदेशसभाले शुक्रबार पुनः हुबहु पारित गरेपछि सोमबार प्रमाणीकरण गरिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलका अनुसार नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो।

यसअघि प्रदेश प्रमुख भट्टले उक्त विधेयक संघीय कानुनसँग बाझिन सक्ने भन्दै तीन वटा सन्देशसहित पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका थिए।

Garima Development Bank
Bizshala
IME remit

गण्डकी प्रदेशसभाको इतिहासमा प्रदेश प्रमुखबाट विधेयक फिर्ता गरिएको यो पहिलो पटक हो। यसअघि उक्त विधेयक २०८३ असार २५ गते प्रदेशसभाबाट पारित भएको थियो।

प्रमाणीकरणसँगै औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीसम्बन्धी कानूनी प्रक्रिया अगाडि बढेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.