बुधबार, श्रावण २०,२०८३ 10:33:24
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:33:24
Bizshala
Global IME Bank Limited

अवैध इलेक्ट्रिक स्कुटर आयातमा कडाइ

अवैध इलेक्ट्रिक स्कुटर आयातमा कडाइ
New Office

काठमाण्डौ । कञ्चनपुरमा भन्सार छलेर भारतबाट अवैध रूपमा इलेक्ट्रिक स्कुटर भित्र्याउने क्रम बढेपछि स्थानीय प्रशासनले निगरानी र नियन्त्रणलाई कडा बनाएको छ।

पछिल्लो एक महिनामा मात्रै भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएका तथा दर्ताविना सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालयलाई बुझाएको छ।

खुला सीमा नाका भएका कञ्चनपुरका विभिन्न स्थानबाट नयाँ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने क्रम बढेको छ।

भन्सार छली गरी स्कुटर आयात गर्नु प्रचलित कानूनविपरीत भएकाले त्यसको नियन्त्रणमा सुरक्षा निकाय सक्रिय रहेको जनाइएको छ। नियन्त्रणमा लिइएका स्कुटर कानूनी प्रक्रिया पूरा गरी लिलाम गरिनेछ।

नयाँ इलेक्ट्रिक स्कुटर अवैध रूपमा भित्रिन नदिन प्रहरी प्रशासनसँगको समन्वयमा निगरानी बढाइएको छ । दर्ताविनाका स्कुटरको व्यवस्थापनका विषयमा प्रशासनिक तहमा छलफल गरी समाधान खोजिने भएको छ। पछिल्लो १० वर्षमा कञ्चनपुरमा करिब पाँच हजार इलेक्ट्रिक स्कुटर आयात भएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.