आईतवार, आश्विन १८,२०८३ 07:35:09
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 07:35:09
Bizshala
Global IME Bank Limited

विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रहः ‘अपरिचितको प्रलोभनमा परी सुन तथा बहुमूल्य सामान नल्याउनु’

Bizshala
विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रहः ‘अपरिचितको प्रलोभनमा परी सुन तथा बहुमूल्य सामान नल्याउनु’
New Office

काठमाण्डौ । सरकारले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको आर्थिक प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ।

नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको विशेष सूचनामा पछिल्लो समय दुबई, कतारलगायत विभिन्न मुलुकबाट स्वदेश फर्किने नेपालीलाई अपरिचित व्यक्ति तथा दलालहरूले आर्थिक प्रलोभन देखाएर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामग्री नेपाल ल्याउन लगाउने घटनाहरू बढ्दै गएको उल्लेख गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यालयका अनुसार यस्ता गतिविधि प्रचलित कानुनविपरीत हुने भएकाले विमानस्थल सुरक्षा कार्यालयले सम्बन्धित घटनाको अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइरहेको छ। अवैध ओसारपसारमा संलग्न पाइए कानुनअनुसार कडा कारबाही हुने चेतावनी पनि दिइएको छ।

सुरक्षा कार्यालयले विदेशबाट फर्किने यात्रुलाई अपरिचित व्यक्ति वा दलालको कुनै पनि प्रलोभनमा नपर्न, आफ्नो साथमा रहेका सामान तथा झोलामा रहेका वस्तुबारे पूर्ण जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न र भन्सारसम्बन्धी प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

त्यसैगरी, विमानस्थल परिसरमा कुनै शंकास्पद गतिविधि, अवैध सामान ओसारपसारको प्रयास वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि विमानस्थल सुरक्षा कार्यालयले सबै यात्रुसँग अनुरोध गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.