बिहीबार, श्रावण २१,२०८३ 09:28:46
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:28:46
Bizshala
Global IME Bank Limited

मनकामना इन्जिनियरिङ घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल, आम्दानी बढ्यो, वित्त खर्च घट्यो

मनकामना इन्जिनियरिङ घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल, आम्दानी बढ्यो, वित्त खर्च घट्यो
New Office

काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड घाटाबाट बाहिरिँदै नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड २१ लाख रुपैयाँ खुद घाटामा थियो ।

आम्दानीमा भएको वृद्धि र खर्च कटौती हुनु जस्ता कारण कम्पनी नाफामा जानुको मुख्य आधार बनेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी २०.९३ प्रतिशतले बढेको छ । कम्पनीले १४  करोड ५५ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ ।

यस्तै कम्पनीले २१ लाख ६८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ लाख २५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीको वित्त खर्च समेत ६ करोड ७७ लाखबाट घटेर ४ करोड ८८ लाखमा खुम्चिएको छ ।

यो अवधिमा कम्पनीको कर्मचारी खर्च ३३ लाख ६८ हजार र प्रशासनिक खर्च ५६ लाख १७ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको रिटेन्ड अर्निङ २८ करोड २६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६४.६७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७१.८१ गुणा र तरलता अनुपात १.५५ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.