शुक्रबार, श्रावण २२,२०८३ 03:07:53
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 03:07:53
Bizshala
Global IME Bank Limited

एनएमबि सरल बचत फण्ड- इ ले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने

एनएमबि सरल बचत फण्ड- इ ले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
New Office

काठमाण्डौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गतयस कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड-इ ले आर्थिक वर्ष २०८२/८३ को लागि २०८३ असार मसान्तमा कायम इकाई पुँजी चार अर्ब एकासी करोड सत्र लाख पचपन्न हजार नौ सय अठहत्तर रुपैयाँ चालिस पैसाको ५.२५ प्रतिशत (कर सहित) कोदरले हुन आउने रकम पच्चीस करोड अठसठ्ठी लाख सत्र हजार एक सय अठासी रुपैयाँ सतासी पैसाबराबर नगद प्रतिफल वितरण गर्ने निर्णय भएको छ । उक्त प्रतिफलको लागि मिति २०८३ साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुनेछन् । 

प्रतिफल वितरण प्रक्रिया पारदर्शी, व्यवस्थित र नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ। साथै, लाभांश पुनर्लगानी (Dividend Reinvestment Plan–DRIP) रोज्ने इकाईधनीहरूले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ। पुनर्लगानीमा सहभागी नहुने इकाईधनीहरूको प्रतिफल कर कट्टीपश्चात सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ।

एनएमबि क्यापिटल लिमिटेडले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीले आगामी दिनमा पनि बजारको अवस्था, लगानी अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।

लगानीकर्तालाई आफ्नो बैंक विवरण तथा व्यक्तिगत अभिलेख अद्यावधिक राख्न अनुरोध गर्दै कम्पनीले प्रतिफल वितरणसम्बन्धी थप जानकारीका लागि आफ्नो कार्यालय वा आधिकारिक माध्यममार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.