बुधबार, आश्विन २८,२०८३ 06:54:53
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:54:53
Bizshala
Global IME Bank Limited

सूर्यज्योति लाइफ इन्स्योरेन्स साधारण सभा सम्पन्न, ३५% लाभांश पारित

Bizshala
सूर्यज्योति लाइफ इन्स्योरेन्स साधारण सभा सम्पन्न, ३५% लाभांश पारित
New Office

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीेको साधारण सभा आज वैशाख २१ गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । 

साधारण सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन,साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लेखा परीक्षकको प्रतिवेदनसहितको २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को २०७९ पुस ६ गतेको नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लेखा परीक्षकको प्रतिवेदनसहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सभाले आर्थिक बर्ष २०८०/०८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । 

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्तापूँजी रु. ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को १०.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस सेयर वितरण पश्चात् हुने सेयर संरचनाबमोजिम जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गरी रु.५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्तापूँजी रु.४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को २४.७४ प्रतिशतका दरले हुने रकम रु.१ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ नगद लाभांश (प्रस्तावित बोनस सेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X