काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ सूचीकृत भएको छ । कम्पनीको सेयर ‘एमईपीडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
अंकित मूल्य १०० रुपैयाँ दरको कुल ८६ लाख कित्ता आईपीओ सूचीकृत भएको हो । जसमा सर्वसाधारणलाई वितरण गरिएको २५ लाख ८० हजार कित्ता रहेको छ भने संस्थापकहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता रहेको छ ।
नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा उक्त कम्पनीको सेयर भोलिदेखि नै कारोबार खुल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।