काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको घाटा झनै बढेको भएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको उक्त अवधिसम्म भने बैंक ३ करोड ८३ लाख घाटामा थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी २७ लाख ९९ हजार रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
बैंकको वितरणयोग्य मुनाफा समेत ५ करोड ३७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ४६ लाख ८७ हजार रुपैयाँले रिजर्भल भएको छ । यस्तै बैंकको खराब कर्जा अनुपात केही घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४८.४९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्म बैंकको खराब कर्जा अनुपात ५०.९७ प्रतिशत थियो ।
दोस्रो त्रैमाससम्म बैंकको रिटेन्ड अर्निङ ५२ करोड २३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । रिजर्भको आकार २२ करोड १२ लाख रुपैयाँबाट घटेर १२ करोड १२ लाखमा सीमित बनेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ११.८७ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३४.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२१.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६९.१९ गुणा ऋणात्मक र तरलता अनुपात ८०.५३ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।