काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफामा सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।
कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १६.१७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ६ अर्ब ७६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफामा समेत सामान्य सुधार आएको छ । कम्पनीको खुद नाफा १.६८ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिमा ३८ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले यो अवधिमा ७ अर्ब २१ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ अर्ब ५४ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको कुल खर्च ८ अर्ब ३१ करोडबाट बढेर ९ अर्ब २२ करोड पुगेको छ ।
यस्तै कम्पनीको महाविपत्ती कोषको आकार १८ करोड ५९ लाख र रिटेन्ड अर्निङको ३५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.६२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६४३.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.४९ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।