काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले ४० करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२÷८३ मा ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको हो ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ५८ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको बीमाशुल्क आर्जन ६.६५ प्रतिशतले वृद्धि भई २१ अर्ब १४ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको कुल आम्दानी पनि ३.५२ प्रतिशतले बढेर ३३ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, खुद दाबी भुक्तानी ३.८१ प्रतिशतले वृद्धि भई २७ अर्ब ८६ करोड रुपैयाँ र कुल खर्च ३.८३ प्रतिशतले वृद्धि भई ३० अर्ब ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ ६३ पैसाले बढेर ७ रुपैयाँ ३८ पैसा पुगेको छ। असार मसान्तसम्म कम्पनीको मूल्य–आम्दानी अनुपात १०७.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ८७ पैसा रहेको छ ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीसँग सेयर प्रिमियमतर्फ ४९ करोड ८० लाख रुपैयाँ, महाविपत्ती कोषमा ७७ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ५० लाख रुपैयाँ सञ्चित रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।