काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा ८९.७५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त अवधिसम्म २५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ४६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले ४३ करोड ४० लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २७.९३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३३ करोड ९२ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले ४६ करोड ७५ लाख कुल आम्दानी गरेको छ । अघिल्लो आवसम्म ३८ करोड ८७ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ४९ करोड ८० लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको दाबी भुक्तानी पनि २४ करोड २१ लाखबाट बढेर २८ करोड ९५ लाख पुगेको छ ।
कम्पनीको महाविपत्ती कोषको आकार १० लाख ४१ हजार र रिटेन्ड अर्निङको आकार २ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले ६ लाख ४८ हजार २१५ वटा बीमा पोलिसी जारी गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.३४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०५.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४८७.२५ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।