मंगलवार, भाद्र २,२०८३ 02:21:52
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 02:21:52
Bizshala
Global IME Bank Limited

हाइड्रो कम्पनीको नाफामा ठूलो ‘टर्नअराउन्ड’, कमाए ११ अर्ब ५८ करोड

हाइड्रो कम्पनीको नाफामा ठूलो ‘टर्नअराउन्ड’, कमाए ११ अर्ब ५८ करोड
New Office

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १११ हाइड्रो कम्पनीमध्ये वित्तीय विवरण सार्वजनिक गरेका १०८ कम्पनीले गत आर्थिक वर्ष २०८२–८३ मा कुल ११ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७२४.७४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा सूचीकृत हाइड्रो कम्पनीहरूले १ अर्ब ३५ करोड रुपैयाँ मात्रै नाफा कमाएका थिए । यस आधारमा पछिल्लो एक वर्षमा हाइड्रो कम्पनीहरूको खुद नाफा करिब साढे सात गुणाले बढेको देखिन्छ ।

विशेषगरी विद्युत उत्पादनमा वृद्धि र सञ्चालन लागतमा कमी आएपछि हाइड्रो कम्पनीहरुको नाफामा चमक देखिएको हो । साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दा कम्पनीहरूको वित्तीय लागत कम कारण पनि नाफा वृद्धिमा टेवा पुगेको हो ।

यसका साथै, विद्युत बिक्रीबाट हुने आम्दानीमा समेत वृद्धि भएकाले हाइड्रो कम्पनीहरुले नाफामा उल्लेख्य सुधार गरेका हुन् ।  

विज्ञहरुका अनुसार वर्षाको समयमा आयोजनाहरूले पूर्ण क्षमतामा विद्युत उत्पादन गरेका कारण यसपटक उत्पादित विद्युत खेर नगएकाले पनि हाइड्रो कम्पनीहरूको आम्दानी र नाफामा सुधार आएको हो ।  

उपलब्ध वित्तीय विवरणअनुसार ८० जलविद्युत कम्पनी नाफामा छन् भने २८ कम्पनी अझै नोक्सानीमा छन् ।  

नाफा कमाउने कम्पनीमध्ये साहस ऊर्जाले सबैभन्दा बढी १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ५१.८४ प्रतिशत वृद्धि भएको छ ।  

त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा सोलु हाइड्रोपावर रहेको छ । यो कम्पनीले पनि गत आवमा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा ३३.८३ प्रतिशत वृद्धि भएको छ । वित्तीय विवरण प्रकाशित गरेका १०८ हाइड्रो कम्पनीमध्ये दुई हाइड्रोले मात्रै अर्ब भन्दा बढी नाफा कमाएका छन् ।  

सबैभन्दा थोरै नाफा कमाउनेमा मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीले जम्मा १७ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । सबैभन्दा धेरे घाटा ब्यहोर्ने कम्पनीमा भने रसुवागढी हाइड्रोपावर रहेको छ । यो कम्पनीले १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

Bizshala
CG Motors

प्रतिक्रिया

1 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...
R

R***

Microfinance ko dividend capacity leu na

35 मिनेट अगाडी
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.