Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 04:46:28
Bizshala
Global IME Bank Limited

भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकद्वारा २ करोड ५१ लाख सहयोग

भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकद्वारा २ करोड ५१ लाख सहयोग
New Office

काठमाण्डौ । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले भाद्र १४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको जनाउँदै बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्ने तथा राहत तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराएको जनाएको छ।

Bizshala
CG Motors

बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिप्रति बैंकले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। 

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना तथा जनजीवन सामान्य बनाउन भइरहेका सरकारी तथा सरोकारवाला निकायका प्रयास सफल हुने विश्वास बैंकले व्यक्त गरेको छ।

सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ। आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको अवस्थामा आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै मानवीय सहयोगका कार्यलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.