काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको १ लाख ११ हजार कित्ता साधारण सेयरको ‘लक–इन’ अवधि आगामी असोज महिनामा समाप्त हुन लागेको छ ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार कम्पनीले जारी पूँजीको निश्चित प्रतिशत बराबरको साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। उक्त सेयरमा कायम रहेको ‘लक–इन’ अवधि असोज २ गते समाप्त हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत बराबरको सेयर र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बाँडफाँट गरिएको सेयरमध्ये ५ प्रतिशत बराबरको सेयर ‘लक–इन’ व्यवस्थाअन्तर्गत रहेको थियो।
‘लक–इन’ अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीले प्रचलित कानून तथा नियामकीय व्यवस्थाबमोजिम उक्त सेयर कारोबार गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।