काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारणसभा आगामी असोज ८ गते बिहीबार आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको १६३औँ बैठकको निर्णयअनुसार साधारणसभा दिउँसो १२ः३० बजे लाजिम्पाटस्थित मुक्तिनाथ विकास बैंक लिमिटेडको सभाकक्षमा बस्नेछ।
सभामा कम्पनीका अध्यक्षको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८३ असार मसान्तसम्मको वासलात, सोही अवधिमा समाप्त आव २०८२/८३ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने कार्यसूची छ।
साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गर्नेछ।
यसैगरी, आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।