शुक्रबार, भाद्र १९,२०८३ 03:50:06
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 03:50:06
Bizshala
Global IME Bank Limited

बाढीपीडितका लागि पूँजीबजार क्षेत्रबाट २ करोड १३ लाख सहयोग, ८५% ब्रोकर अझै मौन

बाढीपीडितका लागि पूँजीबजार क्षेत्रबाट २ करोड १३ लाख सहयोग, ८५% ब्रोकर अझै मौन
New Office

काठमाण्डौ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपछि राहत तथा पुनःस्थापनाका लागि नेपालको पुँजीबजार क्षेत्रबाट पनि आर्थिक सहयोग जुट्न थालेको छ ।  

हालसम्म प्राप्त तथ्याङ्कअनुसार १४ ब्रोकर कम्पनीले मात्रै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन् । १४ ब्रोकर कम्पनीले हालसम्ममा १ करोड ९२ लाख ९३ हजार ४९३ रुपैयाँ सहयोग गरेका छन् ।  

जसमा सबैभन्दा बढी नासा सेक्युरिटिजले मात्रै ५० लाख रुपैयाँ राहत कोषमा सहयोग गरेको छ ।  

यसबाहेक प्रिमियर, डायनामिक मनि म्यानेजर्स, क्रिष्टल कंचनजंगा, ओपल, दक्षिणकाली इन्भेष्टमेन्ट, सनि, सन, क्यापिटल म्याक्स, अनलाईन, नेपाल स्टक हाउस, कोहीनुर इन्भेष्टमेन्ट, सिप्रबी र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।  

पूँजीबजारसँग सम्बन्धित तर स्टक ब्रोकर नभएको नागरिक स्टक डिलर कम्पनी लिमिटेडले पनि बाढी प्रभावितका लागि २० लाख २५ हजार ८८७ सहयोग गरेको छ ।

कम्पनीका अनुसार उक्त रकममा संस्थागत स्रोतसँगै कर्मचारीको एक दिनको तलबसमेत समावेश छ ।  

यसलाई समेत जोड्दा ब्रोकर तथा नागरिक स्टक डिलरसहित पूँजीबजार क्षेत्रबाट सार्वजनिक रुपमा पुष्टि भएको सहयोग २ करोड १३ लाख १९ हजार ३८० रुपैयाँ पुगेको छ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कमिसन कमाउने मात्र कि संकटमा साथ दिने पनि ?  

भोटेकोशी बाढीपछि निजी क्षेत्रका विभिन्न कम्पनी, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले राहत कोषमा रकम जम्मा गर्ने क्रम जारी छ । सार्वजनिक विवरण हेर्दा पुँजीबजार क्षेत्रका केही ब्रोकरले उल्लेख्य रकम दिए पनि सबै ब्रोकर कम्पनीको योगदानबारे एउटै आधिकारिक दातासूची सार्वजनिक भएको देखिँदैन ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार हाल नेपालमा ९० ब्रोकर कम्पनी सञ्चालनमा छन् । तर यस्तो विपद्को समयमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने ब्रोकर जम्मा १४ मात्रै छन् । यसर्थमा १५ प्रतिशत ब्रोकरले मात्रै सहयोग गर्दा ८५ प्रतिशत ब्रोकर अझैपनि मौन देखिएका छन् ।  

सेयरबजारमा दैनिक अर्बौं रुपैयाँको कारोबार हुँदा त्यसबाट कारोबार कमिसनमार्फत ब्रोकर कम्पनीहरुले करोडौं आम्दानी गरेपनि सामाजिक उत्तरदायित्वमा भने सक्रियता कम देखिएको छ ।  

सुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सरकारले राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग आह्वान गरेको छ । निजी क्षेत्रका बैंक, बीमा कम्पनी, उद्योग तथा अन्य संस्थाहरूले धमाधम सहयोगको रकम घोषणा गरिरहेका बेला पुँजीबजार क्षेत्रबाट भने सीमित ब्रोकर कम्पनीहरुले मात्रै सहयोगको घोषणा गरेका छन् ।

स्टक ब्रोकर र लगानीकर्ताबीचको सम्बन्ध केवल कारोबार गराउनेसम्म सीमित छैन। लगानीकर्ताले कारोबार गरेपछि ब्रोकरले कमिसन पाउँछ । बजारको विस्तारसँगै ब्रोकरको व्यवसाय पनि विस्तार हुन्छ ।

त्यसैले विपद्का बेला पुँजीबजारका सरोकारवालाबाट अपेक्षा गरिने योगदान पनि स्वाभाविक रूपमा ठूलो हुन्छ । सेयर लगानीकर्ताहरुले पनि अहिलेको विपद्लाई आफुले सकेको सहयोग मात्रै गरिरहेका छन् । पूँजीबजारबाट मनग्य आम्दानी गर्न नसक्दा लगानीकर्ताहरुले यसपटक यस्तो संकटमा सुक्ष्म सहयोग मात्रै गरेको देखिन्छ ।  

हालसम्म ब्रोकरहरुबाट सहयोग भएको यो रकमलाई अन्तिम वा सम्पूर्ण पुँजीबजार क्षेत्रको योगदान मान्न मिल्दैन । केही ब्रोकरले सरकारी कोषमा रकम जम्मा गरे पनि त्यसको सार्वजनिक घोषणा नगरेको पनि हुन सक्छ । त्यस्तै, कम्पनीबाहेक कर्मचारी, सञ्चालक वा लगानीकर्ताले व्यक्तिगत रूपमा गरेको सहयोग पनि यो गणनामा समेटिएको छैन ।

अर्कोतर्फ, ब्रोकर कम्पनीबाहेक मर्चेन्ट बैंक, क्यापिटल कम्पनी, म्युचुअल फन्ड तथा अन्य पुँजीबजारसम्बद्ध संस्थाहरूको योगदानलाई छुट्टै अध्ययन गर्नुपर्ने देखिन्छ । तर ब्रोकरहरुको मात्रै अध्ययनमा भने हालसम्म एक दर्जनभन्दा बढी ब्रोकरले सहयोग गरेको देखिएको छ ।

  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.