शनिबार, श्रावण २,२०८३ 01:21:06
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 01:21:06
Bizshala
Global IME Bank Limited

सूर्यज्योति लाइफको सुबिधायुक्त डाईनामिक क्यूआर सेवा सञ्चालनमा, बीमालेख भुक्तानी गर्न सहज हुने

सूर्यज्योति लाइफको सुबिधायुक्त डाईनामिक क्यूआर सेवा सञ्चालनमा, बीमालेख भुक्तानी गर्न सहज हुने
New Office

काठमाण्डौ । सूर्यज्योति लाइफले आफ्ना प्रबिधि मैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाईनामिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ ।

डाईनामिक क्यूआर पेमेन्ट सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन । उक्त भुक्तानीको नोटिफिकेसन र अन्य विवरण मोबाईल एपमार्फत हेर्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यो सिस्टममा विभिन्न बैंकको नियमानुसार अधिकतम रु. ३ लाखसम्मको भुक्तानी गर्न मिल्ने सुबिधा रहेको र फोन पे को माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आईपीएस एपलगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री भन्छन्,‘अरु क्षेत्रमा डाईनामिक क्यूआर पहिलेदेखि नै प्रचलनमा भएपनि जीवन बीमा क्षेत्रमा भने यो नयाँ अभ्यास हो। हरेक ग्राहकका लागि फरक–फरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो। यस डाईनामिक क्यूआर पेमेन्ट सिस्टमको मद्दतले सेवाग्राहीहरुले घरमै बसी आफ्नो मोबाईल अथवा सूर्यज्योति लाइफको वेबसाईटमार्फत आफ्नो विवरणभरि डाईनामिक क्यूआर प्राप्त गर्ने र सो डाईनामिक क्यूअर स्क्यान गरी छिटोछरितो रुपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै भुक्तानीको विवरण सेवाग्राहीहरुले तुरुन्तै एसएमएसमार्फत प्राप्त गर्न सक्नेछन् ।’

यो सुविधा कम्पनीका बीमितहरुले देश भरिरहेका १७८ शाखा कार्यालयहरु वा आफैले घरमै बसेर सूर्यज्योति लाइफको वेवसाइटमा गई सर्भिस अप्सन वा मा आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्नेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.