काठमाण्डौ । सुनको मूल्य आज प्रतितोला ३६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँ वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६२५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।