सोमबार, आश्विन २६,२०८३ 03:38:36
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 03:38:36
Bizshala
Global IME Bank Limited

एमाले सचिवालयबाट पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पारित, अब केन्द्रीय कमिटीमा पेस हुने

Bizshala
एमाले सचिवालयबाट पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पारित, अब केन्द्रीय कमिटीमा पेस हुने
New Office

 

काठमाण्डौ । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिक रूपमा पारित गर्दै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ।

सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

उनका अनुसार सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेन्डाहरूको सूचीसमेत तयार पारेको छ। उक्त सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषय समावेश छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा समेटिएका विषयबारे भट्टले कार्यदलको जिम्मेवारी सकिएको र अब प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय कमिटीमा लैजाने प्रक्रिया सुरु भएको बताए।

‘कार्यदलले प्रतिवेदन बुझाइसकेपछि त्यसको जिम्मेवारी सकिएको छ। प्रतिवेदनमा समेटिएका सुझावहरूलाई अब अनुसूचीका रूपमा केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ,’ उनले भने।

पार्टी अध्यक्षको विमतिका विषयमा सोधिएको प्रश्नमा भट्टले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनसम्बन्धी विषयमा यसअघि नै सहमति भइसकेको र हाल त्यसमा विवाद नरहेको बताए।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

उनका अनुसार २९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेकाले अब त्यसमा थप बहस आवश्यक नरहेको सचिवालयको धारणा छ।

केन्द्रीय कमिटी बैठकमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले आफ्ना धारणा राख्ने तयारी गरिरहेका बेला उपमहासचिव भट्टले बैठकमा हुने छलफल र त्यसबाट आउने निष्कर्षका आधारमा आगामी रणनीति तय हुने बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.