काठमाण्डौ । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’ कार्यक्रममा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।
कम्पनीका अनुसार नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको कार्यक्रममा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए।
काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट राइडरहरू कार्यक्रममा सहभागी भएको कम्पनीले जनाएको छ।
राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरेको छ।
उक्त सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका अध्यक्ष रमेश तामाङ, उपाध्यक्ष डा. प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरेका थिए।
चेक हस्तान्तरण गर्दै पौडेलले राइडिङलाई मोटरसाइकल र यात्रामा मात्रै सीमित नराखी सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यसँग जोडेर अघि बढाउने बताए।
उनले आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिने जानकारी दिए।
कम्पनीका अनुसार ‘वन राइड’ को मुख्य उद्देश्य देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर कम्युनिटीलाई एउटै प्लेटफर्ममा जोड्नु, अनुभव आदानप्रदान गर्नु तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु हो।
रोयल इन्फिल्ड नेपालले आफ्नो राइडर कम्युनिटीलाई मोटरसाइकल र राइडिङमा मात्रै सीमित नराखी सामाजिक गतिविधिसँग पनि जोड्दै आएको जनाएको छ।
‘Pure Motorcycling’ अवधारणाअन्तर्गत आयोजना गरिएको ‘वन राइड’ले देशभरका राइडरलाई एउटै अभियानमा जोड्नुका साथै स्थानीय समुदायसँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्य राखेको कम्पनीको भनाइ छ।
रोयल इन्फिल्डले आगामी दिनमा पनि राइडर कम्युनिटी तथा स्थानीय समुदायसँग सहकार्य गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।