बिहीबार, आश्विन २९,२०८३ 08:48:37
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:48:37
Bizshala
Global IME Bank Limited

आगामी सिजनका लागि रासायनिक मल खरिद गर्न १० अर्बको स्रोत सहमति

Bizshala
आगामी सिजनका लागि रासायनिक मल खरिद गर्न १० अर्बको स्रोत सहमति
New Office

 

काठमाण्डौ । आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारले खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा आगामी सिजनका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक परिमाणको रासायनिक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

मन्त्री चौधरीले खेतीको मुख्य सिजनमा किसानले मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले समयमै खरिद प्रक्रिया पूरा गर्न र आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उनले रासायनिक मलको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउँदै आपूर्ति प्रणालीमा ढिलाइ हुन नदिन आवश्यक तयारी गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

सरकारले खरिद प्रक्रिया समयमै अघि बढाएर आगामी सिजनमा किसानलाई आवश्यक मल सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.