शनिबार, आश्विन ३१,२०८३ 01:15:41
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 01:15:41
Bizshala
Global IME Bank Limited

शुक्रबारदेखि मौसम थप उग्र, पाँच प्रदेशमा भारी वर्षा र हिमाली क्षेत्रमा भारी हिमपातको चेतावनी

Bizshala
शुक्रबारदेखि मौसम थप उग्र, पाँच प्रदेशमा भारी वर्षा र हिमाली क्षेत्रमा भारी हिमपातको चेतावनी
New Office

काठमाण्डौ । बंगालको खाडीमा विकसित गहिरो न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ। भारतको आन्ध्र प्रदेश र ओडिसा आसपासबाट नेपालतर्फ प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण विशेषगरी देशको पूर्वी र मध्य भागको मौसम प्रभावित भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका मौसमविद्का अनुसार बिहीबार काठमाडौं उपत्यकासहित पूर्वी भूभागका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा मापन गरिएको छ।

यस अवधिमा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपासका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको छ। ती क्षेत्रका केही स्थानमा १६४ मिलिमिटरसम्म वर्षा मापन गरिएको विभागले जनाएको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बिहीबार रातिसम्म पाँच प्रदेशमा भारी वर्षाको जोखिम

विभागका अनुसार बिहीबार दिउँसो तथा रातिको समयमा लुम्बिनीदेखि पूर्वका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविद् ढकालले जानकारी दिए। तराईका केही भूभागमा सामान्यभन्दा तीव्र हावाहुरीसमेत चल्न सक्ने पूर्वानुमान गरिएको छ।

शुक्रबार वर्षा थप सक्रिय हुने

शुक्रबार वर्षाको गतिविधि अझ बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी कर्णाली प्रदेशदेखि पूर्वका भूभागमा वर्षा केन्द्रित हुने विभागले जनाएको छ।

कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका तराईदेखि पहाडी क्षेत्रसम्म भारी वर्षाको जोखिम रहेकाले ती क्षेत्रमा सुन्तला रङको चेतावनी जारी गरिएको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा भारी हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

शनिबार पश्चिमतर्फ सर्दै प्रणाली, हिमाली क्षेत्रमा ‘रेड अलर्ट’

शनिबारदेखि वर्षा गराउने मौसमी प्रणाली क्रमशः पश्चिमतर्फ सर्ने अनुमान गरिएको छ। त्यस दिन गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले विभागले ती क्षेत्रमा रेड अलर्ट जारी गरेको छ।

आइतबारदेखि बागमती र गण्डकी प्रदेशदेखि पूर्वका भूभागमा मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ। पश्चिमी भूभागमा भने वर्षा तथा हिमपातको जोखिम कायम रहने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागले देशभर एकैपटक निरन्तर झरी पर्ने सम्भावना नरहे पनि स्थानीय रूपमा हुने भारीदेखि धेरै भारी वर्षाले बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढाउन सक्ने जनाएको छ।

मौसम छिनछिनमा परिवर्तन हुन सक्ने भएकाले विभागले सर्वसाधारणलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट नियमित रूपमा अद्यावधिक सूचना लिन आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.