शनिबार, असार २१,२०८२ 10:43:04
  • शनिबार, असार २१,२०८२ 10:43:04
Global IME Bank Limited

एमजी ४ इभीले हात पार्याे २०२४ को उत्कृष्ट कारको उपाधि

Hyundai Nepal
एमजी ४ इभीले हात पार्याे २०२४ को उत्कृष्ट कारको उपाधि
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एक पछि अर्काे सफलता हात पार्दै आएको छ । यहि क्रममा एमजी ४ इभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको छ ।  

अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने,‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौ । एमजी ४ को यो न्यूजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो ।’

गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरुपमा विद्युतिय कार एमजी ४ इभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ ।

२०२२ मा बजारमा आएको एमजी ४ इभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरु हासिल गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्राण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको छ ।

३०० भन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली ईन्जिनियरिङ प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरु यूरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजि सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलायतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरुले गर्छन् ।

एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले हाल नेपालमा एमजी ४ ईभी, एमजीजे डएस ईभी, एमजीको मेट ईभी गरी ३ वटा मोडेलका विद्युतिय र एमजी हेक्टर, एमजी एचएस, र एमजी एसटर गरी ३ वटा मोडेलका ईन्धन गाडीहरु बिक्रि वितरण गर्दै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.