शनिबार, आश्विन ३१,२०८३ 02:47:42
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 02:47:42
Bizshala
Global IME Bank Limited

टक्सार पिखुवाखोला हाइड्रोपावरले डाक्यो साधारण सभा, होल्डिङ कम्पनी बन्ने मुख्य प्रस्ताव

Bizshala
टक्सार पिखुवाखोला हाइड्रोपावरले डाक्यो साधारण सभा, होल्डिङ कम्पनी बन्ने मुख्य प्रस्ताव
New Office

काठमाण्डौ । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ८ गते बसेको संचालक समितिको बैठकले सभा असोज ३० गते रामालय इभेन्ट भेन्यु, बाँसबारी काठमाण्डौमा बिहान ११ बसे बस्ने निर्णय गरेको हो ।  

सभामा कम्पनीले अन्य कम्पनीहरूमा लगानी गर्न सहजताको लागि होल्डिङ कम्पनीमा परिणत गर्नको लागि कम्पनीको नाम परिवर्तन गर्ने तथा सोही अनुसार प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्न विशेष प्रस्ताव परित गर्ने गर्ने मुख्य एजेण्डा रहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । साथै सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसबाहेक आ.व.२०८३/०८४ को लागि लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, आ.व.२०८२/०८३ मा सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने, अन्य नयाँ परियोजनाहरूको पहिचान गरी लगानी गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व हुने गरी ३ (तीन) जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व हुने गरी २ (दुई) जना सञ्चालकहरूको निर्वाचन एवं अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।  

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एकदिनका लागि बुकक्लोजको मिति तोकेकोछ । यसर्थमा असोज १५ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.