ललितपुर। गहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले ५१ हजार ६२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ।
कम्पनीका एक जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक समूहको ५१ हजार ६२४ कित्ता शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको हो।
प्रचलित ऐन–कानुन तथा नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनबमोजिम उक्त शेयर खरिद गर्न इच्छुक कम्पनीका हाल कायम संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ।
इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाएर कम्पनीको केन्द्रीय कार्यालय, हरिहरभवन, पुल्चोक, ललितपुरमा निवेदन पेस गर्नुपर्नेछ।
तोकिएको म्यादभित्र उक्त शेयर खरिदका लागि हाल कायम कुनै पनि संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनबमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।