बुधबार, आश्विन १४,२०८३ 09:56:21
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 09:56:21
Bizshala
Global IME Bank Limited

सर्वोच्चले धरौटीमा छाडेका शंकरलाल अग्रवाललाई विशेष अदालतले पठायो थुनामा

Bizshala
सर्वोच्चले धरौटीमा छाडेका शंकरलाल अग्रवाललाई विशेष अदालतले पठायो थुनामा
New Office

काठमाडौं। जगदम्बा स्टिलसँग जोडिएको बैंकिङ कसूर प्रकरणमा सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी शंकरलाल अग्रवाललाई सोही विषयसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार बयानपछि उनलाई कारागार पठाउने आदेश दिएको हो। उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थालाई समेत आदेशमा आधार बनाइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि उच्च अदालत पाटनले अग्रवाललाई थुनामा राख्न दिएको आदेश सर्वोच्च अदालतले भदौ ३१ मा बदर गरेको थियो। सर्वोच्चले मिसिलबाट अग्रवाल जगदम्बा स्टिलका सञ्चालक वा सेयरधनी रहेको नदेखिएको, विवादित कर्जासम्बन्धी कागजात तथा जग्गा खरिद–बैनासम्बन्धी कागजातमा उनको हस्ताक्षर नरहेको र कम्पनीमा कार्यकारी भूमिका पनि नदेखिएको उल्लेख गरेको थियो। त्यस आधारमा उनलाई १० लाख रुपैयाँ धरौटी वा बैंक जमानतमा तारेखमा राख्न आदेश भएको थियो।

विशेष अदालतमा बयानका क्रममा अग्रवालले आफूमाथिका आरोप अस्वीकार गरेका छन्। जगदम्बा स्टिल छोराले सञ्चालन गर्दै आएको र आफू व्यावसायिक सहजताका लागि चेक हस्ताक्षरकर्तामात्र रहेको उनको दाबी छ। दिपक भट्टसँग भएको कारोबार पनि व्यक्तिगत लेनदेन भएको भन्दै अभियोगमा उल्लेख भएका विभिन्न चेकमा आफ्नो हस्ताक्षर नरहेको उनले बताएका छन्।

सरकारी पक्षले भने दिपक भट्ट र शुलभ अग्रवालले गरेको भनिएको सम्पत्ति शुद्धीकरणमा अग्रवाललाई मतियार बनाउँदै २१ करोड ७ लाख ४४ हजार ४०३ रुपैयाँ बिगो कायम गर्न माग गरेको छ। कम्पनीको खाता अग्रवालको हस्ताक्षरबाट समेत सञ्चालन हुने र भट्टको खातामा उनीबाट ४ करोड ५० लाख रुपैयाँ गएको विषयलाई पनि आधार बनाइएको छ। अग्रवालले भने उक्त रकम व्यक्तिगत कारोबारसँग सम्बन्धित रहेको दाबी गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.