काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को नाम परिवर्तन गरी ‘सुपर इन्टेलिजेन्स’ (एसआई) राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
ह्वाइट हाउसमा प्रविधि क्षेत्रका दिग्गजहरू एलन मस्क, सुन्दर पिचाई, मार्क जुकरबर्ग र जेन्सेन हुआङसहितको बैठकपछि ट्रम्पले उक्त कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। आदेशअनुसार अब अमेरिकी सरकारी कामकाज, वेबसाइट तथा आधिकारिक दस्तावेजमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गरिनेछ।
ट्रम्पले ‘आर्टिफिसियल’ शब्दले प्रविधि नक्कली वा बनावटीजस्तो सुनिने भन्दै ‘सुपर इन्टेलिजेन्स’ शब्द बढी उपयुक्त हुने बताएका छन्।
कार्यकारी आदेशमा भनिएको छ, “‘सुपर इन्टेलिजेन्स’ शब्दले यी प्रविधिको सम्भावना, क्षमता र तीव्र विकासलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’को तुलनामा अझ उपयुक्त रूपमा प्रतिनिधित्व गर्छ।”
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एआईको नाम परिवर्तन गर्नुपर्ने विषयमा सर्वेक्षणसमेत गरेका थिए। उनले नाम परिवर्तनका लागि केही विकल्प प्रस्तुत गर्दै प्रयोगकर्ताको राय मागेका थिए। त्यसपछि उनले एआईको नाम परिवर्तन गर्ने निर्णय गरेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।