काठमाडौं। सोपान फार्मास्युटिकल्स लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको आफ्नो साधारण शेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार, कम्पनीको जारी पुँजी रु. १ अर्ब ७१ करोड ५० लाखमध्ये २५ प्रतिशत अर्थात् रु. ४२ करोड ९० लाख बराबरको रकमबाट प्रतिकित्ता अंकित मूल्य रु. १०० का दरले ४२ लाख ९० हजार कित्ता साधारण शेयर निष्कासन गरिएको थियो। त्यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो।
सामूहिक लगानी कोषका लागि छुट्याइएको उक्त साधारण शेयरको लक–इन अवधि सर्वसाधारणलाई शेयर बाँडफाँड भएको मितिले ६ महिना कायम रहने व्यवस्था थियो। सोहीअनुसार उक्त शेयरको लक–इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सामूहिक लगानी कोषको स्वामित्वमा हाल लक–इनमा रहेको कुल २ लाख १० हजार ९६५ कित्ता शेयरको लक–इन अवधि २०८३ साल कात्तिक १६ गतेपछि समाप्त हुनेछ।
कम्पनीले उक्त जानकारी शेयरधनी, नियामक निकाय तथा सम्बन्धित सबै सरोकारवालाको जानकारीका लागि प्रकाशित गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।