बुधबार, आश्विन १४,२०८३ 11:29:08
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 11:29:08
Bizshala
Global IME Bank Limited

दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द

Bizshala
दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द
New Office

कञ्चनपुर। दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको एक भाग भत्किएको छ।महाकाली नदीको बाढीले पुलको बीच भागमा रहेको पिलर भत्काएपछि पुलको एक हिस्सा नदीमा खसेको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं र दोधारा चाँदनीतर्फबाट तेस्रो भागमा क्षति पुगेको छ।स्थानीयका अनुसार बिहान ४–५ बजेतिर पुलको एक भाग अस्वाभाविक रूपमा माथि उठेको देखिएको थियो। त्यसबारे प्रहरीलाई जानकारी गराइए पनि करिब ८ बजे उक्त भाग नदीमा खसेको हो।

२०६१ सालमा निर्माण भएको पुल भत्किएपछि दोधारा चाँदनी र भीमदत्तनगरबीचको आवागमन बन्द भएको छ। अब यात्रुले करिब दुई किलोमिटर माथि रहेको पक्की पुल प्रयोग गर्नुपर्नेछ।

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले क्षतिको अध्ययनका लागि प्राविधिक टोली पठाउने तयारी गरेको जनाएको छ। प्राविधिक अध्ययनपछि मात्रै क्षतिको यकिन विवरण आउने निर्देशक जगतप्रसाद जोशीले बताएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.