ताप्लेजुङ। पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
केबलकार प्रा.लि.का प्रतिनिधिले दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी दिए। कम्पनीले ताप्लेजुङमा विभिन्न सामाजिक तथा मानवीय कार्यमा समय–समयमा सहयोग गर्दै आएको जनाएको छ।
ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा गत असोज ८ गते आगलागी भएको थियो। आगलागीबाट १० वटा घरमा क्षति पुगेको थियो । स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको बताइएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।