काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको छ।
काभ्रेपलाञ्चोकको बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो। संस्थाले बनेपा–१३, काभ्रेपलाञ्चोकमा रजिष्टर्ड केन्द्रीय कार्यालय रहेको तथा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त बागमती प्रदेशस्तरीय विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको हो।
दुवै संस्थाबीचको प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंकले जारी गरेको ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (संशोधनसहित)’ अनुसार पूरा गरिएको स्वरोजगार लघुवित्तले जनाएको छ।
प्राप्ति प्रक्रियाका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक अन्तिम स्वीकृति प्राप्त भएपछि विन नेपाल लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व स्वरोजगार लघुवित्तले व्यहोर्नेरसकार्ने गरी एकीकृत कारोबार सुरु गरिएको संस्थाले स्पष्ट पारेको छ।
संस्थाका अनुसार २०८३ भदौ २१ गते आइतबारदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको हो। स्वरोजगार लघुवित्तले प्राप्तिपछि एकीकृत कारोबार सुरु भएको जानकारी सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत गराएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।