काठमाडौँ। सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार अनुमति लिनेमा ४८५ पुरुष र १६३ महिला गरी ७१ समूह छन्।
सबैभन्दा धेरै चीनका ११८ आरोहीले अनुमति लिएका छन्। त्यस्तै, रसियाका ५७, फ्रान्सका ५१, अमेरिकाका ४१, बेलायतका ३८ र जर्मनीका ३४ आरोही छन्।
आरोहण अनुमतिबाट विभागले २३ करोड ८९ लाख ६४ हजार २९८ रोयल्टी सङ्कलन गरेको छ। यसमध्ये मनास्लु (८,१६३ मिटर) आरोहणका लागि ४३ टोलीका ५०० जनाबाट मात्रै रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी प्राप्त भएको छ।
विभागका अनुसार धौलागिरि–१, पुथा हिउँचुली, डाङ्गा हिउँचुली र बरुणत्सेलगायत मकालु, अन्नपूर्ण–४, पुमोरी, सारिबुङ, थापा पिक, पेरीलगायत हिमालका लागि पनि आरोहण अनुमति जारी गरिएको छ। कुल आम्दानी १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर रहेको विभागले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।