बिहीबार, आश्विन १५,२०८३ 11:18:06
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 11:18:06
Bizshala
Global IME Bank Limited

बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत तीव्र

Bizshala
बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत तीव्र
New Office

म्याग्दी। बाढीपहिरोका कारण क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडक मर्मत थालिएको छ। बेनी–जोमसोम कोरला सडक योजनाले बेनी र जोमसोम दुवैतर्फबाट सडक खुलाउने काम अघि बढाएको हो।

आयोजना प्रमुख तेजश्वी शर्माका अनुसार कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले २०२ किलोमिटर सडकको ४६ स्थानमा क्षति पुगेको छ। जोमसोमदेखि अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गा तथा मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्मको सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रघुगङ्गा–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डमा सडक मर्मतका लागि सडक विभाग, जलविद्युत् आयोजना र निर्माण व्यवसायीका उपकरण तथा जनशक्ति परिचालन गरिएको छ। कालीगण्डकी बाढीले असोज ११ गते पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मत पनि सुरु गरिने जनाइएको छ।

सडक अवरुद्ध भएपछि कोरला नाकाबाट सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन्। मुस्ताङका स्याउ, आलु बजार पठाउन तथा दसैँका लागि भेडाच्याङ्ग्रा लैजान समस्या भएको छ। पर्यटकीय गतिविधि प्रभावित हुनुका साथै बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र बिरामीको उद्धारमा हेलिकप्टर प्रयोग गर्नुपरेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए।

सडक खुलाउन कटिङ, फिलिङ, डाइभर्सन र नयाँ मार्ग खोल्नेलगायतका उपाय अपनाइएको छ। तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्वीचयार्ड नजिक सडक खुलाउन प्रयोगमा नरहेका दुई टावर हटाउनुपर्ने भएकाले त्यसका लागि नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.