शुक्रबार, आश्विन १६,२०८३ 11:46:07
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 11:46:07
Bizshala
Global IME Bank Limited

नेपाल एयरलाइन्स निजी कम्पनी भएको भए खारेजी भइसक्थ्यो : पर्यटनमन्त्री पौडेल

Bizshala
नेपाल एयरलाइन्स निजी कम्पनी भएको भए खारेजी भइसक्थ्यो : पर्यटनमन्त्री पौडेल
New Office

काठमाडौँ। पर्यटनमन्त्री खड्कराज पौडेलले नेपाल वायुसेवा निगमको कमजोर व्यवस्थापन र वित्तीय अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल सुधार आवश्यक रहेको बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले निगम निजी कम्पनी भएको भए अहिले नै ‘लिक्विडेसन’ (खारेजी)मा पुगिसक्ने अवस्था रहेको टिप्पणी गरे। निगम सुधारका लागि नयाँ जहाज थप्नु मात्र पर्याप्त नहुने भन्दै उनले प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए।

निगमका जहाजमा देखिने प्राविधिक समस्याले ठूलो आर्थिक क्षति भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले टोकियो र युरोपमा जहाज ग्राउन्डेड हुँदा यात्रु व्यवस्थापनमा निगमले करोडौँ रुपैयाँ अतिरिक्त खर्च बेहोर्नुपरेको बताए।

उनले निगममाथि बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदरप्रति पनि असन्तुष्टि व्यक्त गरे। सामान्य व्यक्ति तथा संस्थालाई करिब ५ प्रतिशतसम्म ब्याजमा कर्जा दिने बैंकहरूले सरकारी स्वामित्वको निगमलाई भने १०.५ प्रतिशतसम्म ब्याज लिने गरेको भन्दै उनले यस्तो नीतिले निगमको आर्थिक संकट थप गहिरिने बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.