मंगलवार, आश्विन २०,२०८३ 09:19:17
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 09:19:17
Bizshala
Global IME Bank Limited

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने

Bizshala
सानिमा बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने
New Office

काठमाडौं। सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको मिति २०८३/०६/१२ गते सम्पन्न २२औँ वार्षिक साधारणसभाले करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकका अनुसार नगद लाभांशसम्बन्धी विवरण शेयरधनीको हितग्राही खातामा उपलब्ध गराइएको बैंक खातामा मिति २०८३/०६/१२ गतेदेखि क्रमशः जम्मा तथा भुक्तानी गर्न थालिएको छ। यससम्बन्धी जानकारीका लागि सम्पूर्ण शेयरधनी तथा सरोकारवालालाई सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ।

यसैगरी, ८.२५ प्रतिशत सानिमा अविमोच्य अग्राधिकार शेयरधनीहरूलाई ८.२५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार हितग्राहीको बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भए सो शुल्क शेयरधनी स्वयंले व्यहोर्नुपर्नेछ।

त्यस्तै, मर्जरपछि गाभिएका बैंक तथा वित्तीय संस्थाका खातामा रहेका शेयरधनीहरूको खाता नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट प्राप्त भएको लाभांश रकम यथाशक्य छिटो आफ्नो परिवर्तित नयाँ खातामा अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.