काठमाडौं। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले आगामी कात्तिक १० गते मंगलबार विशेष साधारण सभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा बिहान ११ बजे पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा रहेको कम्पनीको कार्यालयमा हुनेछ।
सभामा संशोधित प्रबन्धपत्र तथा नियमावलीमाथि छलफल गरी पारित गर्ने प्रस्तावसहित अन्य विषयमा छलफल गरिनेछ। कम्पनी ऐन, २०६३ को दफा ६७ (२) बमोजिम सेयरधनीको उपस्थितिका लागि सभा आह्वान गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।