काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले इक्रा नेपालबाट ‘[ICRANP-IR] BB-’ इस्यूअर रेटिङ प्राप्त गरेको छ।
इक्रा नेपालले निर्धन उत्थान लघुवित्तलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने संस्थामा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका सन्दर्भमा मध्यमस्तरको जोखिम रहेको मानिन्छ।
इक्रा नेपालका अनुसार उक्त रेटिङ संस्थाको समग्र ऋण विश्वसनीयता अर्थात् ‘जनरल क्रेडिटवर्दिनेस’ सम्बन्धी राय हो। यो कुनै निश्चित ऋणपत्र वा विशेष कर्जा उपकरणसँग सम्बन्धित रेटिङ भने होइन।
इक्राले ‘AA’ देखि ‘C’ सम्मका रेटिङ वर्गमा ‘प्लस’ वा ‘माइनस’ संकेत प्रयोग गरी सोही वर्गभित्र संस्थाको तुलनात्मक अवस्था जनाउने गरेको छ। यसअनुसार ‘BB-’ रेटिङ ‘BB’ भन्दा एक तह तलको अवस्था हो भने ‘BB+’ एक तह माथिको अवस्था हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।