काठमाण्डौ । इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणको बिक्री गर्दै आएको ट्रेड इन्जिनले काठमाडौंको ढल्कोमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
असोज २५ गते आयोजित उद्घाटन समारोहमा विभिन्न कलाकार, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीको उपस्थिति रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा अभिनेता सलोन बस्नेत, इन्फ्लुएन्सर करिश्मा केसी, मिस नेपाल २०१८ प्रिया सिग्देल, शिक्षक होमराज पौडेल, पत्रकार तथा कार्यक्रम सञ्चालक जय प्रधान, गायक तथा गीतकार बिनोद ढकाल र टिकटक इन्फ्लुएन्सर धनबहादुर भण्डारीलगायत सहभागी थिए।
शुभारम्भको अवसरमा कम्पनीले ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत ५ हजार रुपैयाँको खरिदमा इलेक्ट्रिक केतली, २० हजार रुपैयाँको खरिदमा इन्फ्रारेड कुकर, ५० हजार रुपैयाँको खरिदमा चार बर्नर ग्यास स्टोभ र १ लाख रुपैयाँको खरिदमा चार बर्नर ग्यास हब १ रुपैयाँमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका निर्देशक सोहिल श्रेष्ठका अनुसार ट्रेड इन्जिनले घरायसी उपकरणमा प्रतिस्पर्धी मूल्य, गुणस्तरीय सेवा तथा आकर्षक एक्सचेन्ज सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।
ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै विभिन्न छुट तथा प्रवर्द्धनात्मक योजना सञ्चालन गरिएको उनले बताए। उद्घाटनका अवसरमा ल्याइएको विशेष अफर अष्टमीसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ।
ट्रेड इन्जिनले गुणस्तरीय उत्पादन, उचित मूल्य र ग्राहककेन्द्रित सेवामार्फत उपभोक्तालाई सहज खरिद अनुभव उपलब्ध गराउने लक्ष्य लिएको बताएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।