काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६ प्रतिशत वार्षिक ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’ ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। यसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता ऋणपुँजी रकमका लागि छुट्याइएको छ। ऋणपुँजी रकमका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन कात्तिक १० गतेसम्म दिन सकिनेछ भने आवश्यक परे कात्तिक १२ गतेसम्म म्याद थप हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।