शुक्रबार, कार्तिक १३,२०८३ 06:52:29
  • शुक्रबार, कार्तिक १३,२०८३ 06:52:29
Global IME Bank Limited

एनपीएलका हरेक चौका र छक्कामा रेड पान्डा संरक्षणका लागि इसेवाको योगदान

Bizshala
एनपीएलका हरेक चौका र छक्कामा रेड पान्डा संरक्षणका लागि इसेवाको योगदान
New Office

काठमाण्डौ । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु रेड पान्डाको बासस्थान संरक्षणमा योगदान गर्ने भएको छ।

‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत इसेवाले २ हजार रुपैयाँ र प्रत्येक चौकाबापत १ हजार रुपैयाँ योगदान गर्नेछ। यस्तो योगदान करसहित अधिकतम १० लाख रुपैयाँसम्म रहने कम्पनीले जनाएको छ।

एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क र रेड पान्डा नेटवर्क नेपालसँग त्रिपक्षीय सहकार्य गर्दै उक्त अभियान सञ्चालन गर्न लागेको हो।

अभियानबाट संकलित रकम रेड पान्डाको प्राकृतिक बासस्थान पुनर्स्थापना, संरक्षण तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न खर्च गरिनेछ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन) को रातो सूचीमा सङ्कटापन्न प्रजातिका रूपमा सूचीकृत रेड पान्डाको संरक्षणका लागि बासस्थान पुनर्स्थापना महत्वपूर्ण मानिन्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस अभियानअन्तर्गत इलाम र पाँचथरका सामुदायिक वन क्षेत्रमा सन् २०२७ को जुन–जुलाईमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमअन्तर्गत करिब १० हेक्टर क्षतिग्रस्त बासस्थान पुनर्स्थापना गर्ने, १० हजार स्थानीय प्रजातिका बिरुवा रोप्ने र स्थानीय समुदायलाई करिब ६०० श्रमदिन बराबरको पारिश्रमिकसहित रोजगारी सिर्जना गर्ने योजना छ। रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइने जनाइएको छ।

इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले एनपीएलको लोकप्रियतालाई प्रकृति संरक्षणसँग जोड्ने प्रयास गरिएको बताए।

उनका अनुसार एनपीएलमा प्रहार हुने हरेक चौका र छक्कालाई रेड पान्डाको बासस्थान संरक्षणसँग जोडेर खेलकुदको सकारात्मक प्रभाव जैविक विविधता तथा स्थानीय समुदायको जीविकोपार्जनमा पुर्‍याउने लक्ष्य लिइएको छ।

Garima Development Bank
Bizshala
IME remit

रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले क्रिकेटको लोकप्रियतालाई रेड पान्डा संरक्षणसँग जोड्न इसेवासँग गरिएको सहकार्यले संरक्षण अभियानलाई थप ऊर्जा दिने बताए।

त्यस्तै रेड पान्डा नेटवर्क नेपालका अध्यक्ष डा. शैलेन्द्रबहादुर थकालीले यस सहकार्यले रेड पान्डाको बासस्थान संरक्षणसँगै हरित रोजगारी सिर्जनामा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

एनपीएल अवधिभर चौका र छक्काबाट जम्मा हुने योगदानको विवरण इसेवाले आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जनाएको छ।

यस अभियानमार्फत इसेवाले डिजिटल भुक्तानी सेवाको दायरालाई वातावरण संरक्षण र समुदायको हितसँग जोड्ने जिम्मेवार व्यावसायिक अभ्यासलाई निरन्तरता दिने बताएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.