आईतवार, बैशाख ७,२०८२ 01:51:42
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 01:51:42
IME remit
Global IME Bank Limited

बेलायतका राजाभन्दा पनि धनी बने प्रधानमन्त्री ऋषि सुनक, एक वर्षमै सम्पत्तिमा यस्तो उछाल

Hyundai Nepal
बेलायतका राजाभन्दा पनि धनी बने प्रधानमन्त्री ऋषि सुनक, एक वर्षमै सम्पत्तिमा यस्तो उछाल
Nabil Bank Limited

काठमाण्डौ । बेलायतको चर्चित अखबार ‘सन्डे टाइम्स’ले बेलायती धनाढ्यको सूची सार्वजनिक गरेको छ । जसअनुसार गत वर्ष बेलायतका प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको कुल सम्पत्तिमा १२२ मिलियन पाउण्ड स्ट्रलिङ डलरले बढेको छ ।  

सन्डे टाइम्सका अनुसार अब नयाँ सूचीमा सुनक दम्पत्तिको कुल सम्पत्ति ५२९ मिलियनबाट बढेर ६५१ बिलियन पाउण्ड स्ट्रलिङ पुगेको छ । यससँगै सुनकले सम्पत्तिको आर्जनमा बेलायतका राजा चाल्स तृतीयलाई पनि पछि पारेका छन् । चल्स तृतीयको कुल सम्पत्ति गत वर्ष सुनक परिवारभन्दा धेरैले वृद्धि भएको तर व्यक्तिगत सम्पत्तिको मामिलामा भने केहि मात्रै वृद्धि भएको सन्डे टाइम्सले जनाएको छ । गत वर्ष चाल्सको सम्पत्तिको १० मिलियन पाउण्डले बढेर कुल ६१० मिलियन पाउण्ड पुगेको छ ।  

सन् २०२२ मा ऋषि सुनक र उनमी पत्नीको कुल सम्पत्ति दिवंगत महामारीभन्दा पनि बढी पुगेको थियो । त्यसबेला एलिजावेथ द्धितीयको कुल सम्पत्ति ३७० मिलियन पाउण्ड थियो ।  

सुनक, सन्डे टाइम्सको ३५ वर्षे इतिहासमा वार्षिक सम्पत्ति सूचीमा समावेश हुने पहिलो शीर्ष राजनेता बनेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

सम्पत्ति बढ्नुको कारण 

ऋषि सुनक र उनकी पत्नीको सम्पत्तिको बढोत्तरी इन्फोसिसमा अक्षता मूर्तिको स्वामित्वसँग जोडिएको छ । इन्फोसिस ७० बिलियन डलरबराबरको भारतीय आईटी कम्पनी हो । जसको सह–संस्थापक अक्षता मूर्तिका बुवा अर्थात सुनकका ससुरा एनआर नारायण मूर्ति हुन् । यो कम्पनीमा अक्षता मूर्तिको पनि स्वामित्व छ । गत वर्ष कम्पनीमा अक्षताको स्वामित्वमा रहेको सेयरको मूल्य १०८.८ मिलियन पाउण्डले बढेर कुल ५९० मिलियन पाउण्ड पुगेको थियो ।  

तथापी, द गार्जियनको प्रतिवेदनका अनुसार सुनक दम्पत्तिको सम्पत्ति सन् २०२२ को उच्च स्तरबाट भने अझे न्यून नै छ । सन् २०२२ मा सुनक दम्पत्तिको  कुल सम्पत्ति ७३० मिलियन पाउण्डबराबर अनुमान गरिएको थियो ।      

बेलायतका अर्बपतिहरुको सम्पत्तिमा ठूलो गिरावट  

सन्डे टाइम्सको वार्षिक सूचीअनुसार बेलायतका अर्बपतिहरुको संख्यामा लगातार दोस्रो वर्ष गिरावट आएको छ । सन् २०२२ मा बेलायतमा १७७ अर्बपति थिए । जुन गत वर्ष घटेर १७१ मा सीमित बनेको थियो । यो वर्ष पनि बेलायतका धनाढ्यको संख्या घटेर १६५ पुगेको छ ।  -एजेन्सी

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.