शुक्रबार, कार्तिक २०,२०८३ 05:21:53
  • शुक्रबार, कार्तिक २०,२०८३ 05:21:53
Global IME Bank Limited

१८२ सिटको दम्भ नदेखाउन रविको चेतावनी, ‘भुइँ छोड्ने छुट कसैलाई छैन’

Bizshala
१८२ सिटको दम्भ नदेखाउन रविको चेतावनी, ‘भुइँ छोड्ने छुट कसैलाई छैन’
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले १८२ सिटको जनादेशलाई दम्भ र शक्ति प्रदर्शनको आधार नबनाउन पार्टीपंक्तिलाई चेतावनी दिएका छन्।

चितवनमा आयोजित पार्टी कार्यक्रममा बोल्दै लामिछानेले ठूलो जनमत पाएपछि पार्टीका नेता तथा कार्यकर्तामा अहंकार र अवसरवादी प्रवृत्ति देखिन थालेको भन्दै आत्मसमीक्षा आवश्यक रहेको बताएका हुन्।

उनले जनताले १८२ सिट दिए भन्दैमा ‘भुइँ छोड्ने’ छुट कसैलाई नभएको बताए। पार्टीका नेता तथा कार्यकर्ताले शक्ति, पहुँच र प्रशासनिक प्रभावको दुरुपयोग गर्न नहुने उनको भनाइ थियो।

‘जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ लामिछानेले भनेका छन्। उनले सरकार र पार्टीसँग शक्ति आएको भन्दै प्रहरी–प्रशासनमाथि राजनीतिक दबाब सिर्जना गर्ने प्रवृत्ति गलत हुने स्पष्ट पारे।

लामिछानेले पार्टीको अहिलेको सफलता लामो संस्थागत राजनीतिक प्रशिक्षणपछि आएको नभई जनताले नयाँ दललाई एकैपटक ठूलो जिम्मेवारी दिएको परिणाम भएको पनि बताए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले रास्वपाले अझै संगठन, अनुशासन, राजनीतिक संस्कार र प्रशिक्षणका धेरै चरण पार गर्न बाँकी रहेको उल्लेख गरे। जनताले पार्टीलाई ‘एकैपटक आठ कक्षामा भर्ना गरिदिएको’ उदाहरण दिँदै छुटेका आधारभूत कक्षाहरू पढ्नुपर्ने उनको भनाइ थियो।

अवसरको राजनीतितर्फ गएको भन्दै असन्तुष्टि

लामिछानेले पार्टीभित्र स्थानीय तहदेखि माथिल्लो तहसम्म पद र टिकटको आकांक्षा अस्वाभाविक रूपमा बढेको भन्दै असन्तुष्टि जनाए।

उनले वडाध्यक्ष बन्न कसैलाई इच्छा नदेखिने तर सीधै मेयर, प्रदेश सांसद वा माथिल्लो पदमा पुग्ने चाहना बढेको टिप्पणी गरे।

यस्तो प्रवृत्तिले पार्टी अवसरको राजनीतितर्फ जान थालेको संकेत गर्ने उनको भनाइ थियो।

Garima Development Bank
Bizshala
IME remit

लामिछानेले टिकट नपाउँदा पार्टी छाड्ने वा आफ्नै उम्मेदवारविरुद्ध लाग्ने प्रवृत्ति स्वीकार्य नहुने पनि बताए।

उनले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ प्रणाली अपनाइएको र त्यसलाई पारदर्शी तथा विधिसम्मत बनाइने दाबी गरे।

आन्तरिक प्रतिस्पर्धामा आफू पराजित भए पनि पार्टीकै उम्मेदवारको पक्षमा लाग्न सक्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो।

लामिछानेले एउटा चुनाव जित्नु मात्र राजनीतिक सफलताको मापन नभएको भन्दै पार्टीमा दीर्घकालीन राजनीतिक प्रतिबद्धता, निष्ठा र अनुशासन आवश्यक रहेको बताए।

उनले पार्टीभित्र पद एउटा तर आकांक्षी धेरै हुने अवस्था स्वाभाविक भए पनि त्यसलाई विधिबाट व्यवस्थापन गर्नुपर्ने बताए। नेताको निकटता, व्यक्तिगत चिनजान वा प्रभावका आधारमा टिकट वितरण नहुने उनले दाबी गरेका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.