बिहीबार, मंसिर ३,२०८३ 01:22:24
  • बिहीबार, मंसिर ३,२०८३ 01:22:24
Global IME Bank Limited

आशुतोष इनर्जीको आईपीओ मंसिर १४ देखि खुल्ने

Bizshala
आशुतोष इनर्जीको आईपीओ मंसिर १४ देखि खुल्ने
New Office

 

काठमाण्डौ । आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

कुल निष्कासनमध्ये आयोजना प्रभावित स्थानीयका लागि ६ करोड रुपैयाँबराबरको ६ लाख कित्ता सेयर छुट्याइएको छ। यसमध्ये ३ लाख कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ। यो समूहमा लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ र ३ का स्थायी बासिन्दा पर्नेछन्।

बाँकी ३ लाख कित्ता सेयर अति प्रभावित क्षेत्रबाहेकका दूधपोखरी, दोर्दी र अजिरकोट गाउँपालिकाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको ६ लाख कित्ताको १० प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। यसमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीले आवेदन दिन सक्नेछन्।

दुवै समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा मंसिर २८ गतेसम्म रहनेछ। उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि पुस १४ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा मंसिर १७ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयरका लागि आवेदन नपरे म्याद मंसिर २८ गतेसम्म थप हुनेछ।

स्थानीय बासिन्दाले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै कम्पनीको आयोजना कार्यालयबाट आवेदन दिन सक्नेछन्। ग्लोबल आइएमई बैंकको दोर्दी, हिमालयन बैंकको गौडा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक र एनएमबी बैंकको बेसीशहर शाखाबाट समेत आवेदन दिने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा वा ‘मेरो सेयर’मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

इक्रा नेपालले कम्पनीको ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ कायम गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षा र मध्यम कर्जा जोखिम रहेको जनाउँछ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.