शनिबार, श्रावण ३०,२०८३ 02:23:13
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 02:23:13
Bizshala
Global IME Bank Limited

भुटान आर्थिक रुपमा असफल भयो, अब पालो ग्रस नेशनल ह्याप्पीनेश २.० को: प्रधानमन्त्री छिरिङ तोग्बे

Prabhu Bank Limited
भुटान आर्थिक रुपमा असफल भयो, अब पालो ग्रस नेशनल ह्याप्पीनेश २.० को: प्रधानमन्त्री छिरिङ तोग्बे
New Office

काठमाण्डौ । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले भुटान आर्थिक रुपमा असफल भएको बताएका छन् । सीएनबीसीसँगको अन्तवार्ताको क्रममा नवनिर्वाचित प्रधानमन्त्री तोग्बेले यस्तो बताएका हुन् ।  

‘हामी एकदमै सावधानीपूवर्क र पुरातन सोचले अघि बढ्यौं । त्यसैले हामी पछि पर्यौं,उनले भने,‘एउटा कोणबाट हेर्दा हामी असफल भएका छैनौं । तर सामाजिक प्रगतिको क्षेत्रको कोणबाट हेर्दा भने हामी आर्थिक रुपमा असफल भएका छौं ।’ तोग्बेले भने ।  

उनले भुटानको अर्थतन्त्रलाई सामाजिक प्रगति,वातावरण संरक्षण,सांस्कृतिक जगेर्ना र सुशासनसँगै दिगो,समानता र सन्तुलित तरिकाले अघि बढाइने बताए । उनी भन्छन्,‘ यी क्षेत्रहरुमा हामीले कसैले कल्पना नगरेभन्दा पनि धेरै सफलता पाएका छौं ।’

उनले उक्त अवसरमा यसअघि अपनाइएका सिद्धान्तहरु एकपक्षिय भएको समेत बताएका छन् ।   

CG Motors

यस्तै तोग्बेल भुटानले ‘ग्रस नेशनल ह्याप्पीनेश २.०’ माथि काम गरिरहेको बताए । विश्वभर भुटानको ‘ग्रस नेशनल ह्याप्पीनेश’ नागरिकको विकाससँगै सन्तुलित आर्थिक वृद्धिका चर्चित छ ।  

तर पछिल्लो समय प्रधानमन्त्री जिग्मेले ‘ग्रस नेशनल ह्याप्पीनेश २.०’बारे चर्चा गर्न सुरु गरेका छन् । तोग्बेका अनुसार भुटानले सामना गरिरहेको आर्थिक संकटबाट पार पाउन ग्रस नेशनल ह्यापिनेशमाथि पुनर्विचार गर्दै केहि परिवर्तन गर्ने तयारी भईरहेको छ ।  

भुटानमा अहिले रहेको ३० प्रतिशत बेरोजगारी दर र प्रत्येक ८ जनामा एक जना गरीब भएको अवस्थामा ग्रस नेशनल ह्याप्पीनेशको सारमा परिवर्तन गर्ने तयारीमा भुटान लागेको छ ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.